बाह्रदशी जेसीजका नयाँ सदस्यलाई प्रि–इन्डक्स

2023-02-11

२८ माघ । बाह्रदशी जेसीजले वर्ष २०२३ का लागि नयाँ सदस्यलाई प्रि–इन्डक्सन तालिम तथा बोर्ड पदाधिकारीलाई शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।

बाह्रदशी जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी लक्ष्मी प्रसाद उप्रेतीको सभापतित्व, गौरिशंकर मा वि, बाह्रदशी ७ का प्रधानाध्यापक लेखनाथ कटुवालको प्रमुख आतिथ्यता, प्रशिक्षक सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जेसी कुमार मणि पोखरेल, संस्थापक अध्यक्ष जेसी विगम श्रेष्ठ र निवर्तमान अध्यक्ष जेसी पुष्पलाल धमलाको आतिथ्यतामा गौरिशंकर मा वि को सभाहलमा उक्त तालिम प्रदान गरिएको हो ।

तालिम संयोजक जेसी गोपाल उप्रेतीले संयोजन गरेको सो कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी प्रकाश फुयेल र आस्था बाचन उपाध्यक्ष विश्वास गौतमले राखेको कार्यक्रमको संचालन महासचिव जेसी खगेन्द्र सुवेदीले गरेका थिए ।



JCI News Archive