दाङ महिला जेसीज वर्ष २०२१ का अध्यक्ष जेसि ममता विष्टको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि केसीले जीवनोपयोगी व्यावहारिक ज्ञानले दैनिक जीवनमा आइपर्ने समस्यालाई निराकरण गर्न मद्दत पुग्ने भन्दै अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने बताए । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् छैठौँ दिन ‘गलत छुवाइ र असल छुवाइ’का विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त विषयमा मावि रझेनाका ४० जना विद्यार्थीहरूलाई प्रहरी निरीक्षक हृदेश सापकोटाले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष जेसि निर्मला गौतमले व्यक्तित्व र नेतृत्व विकासमा दाङ महिला जेसीजले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयाे । कार्यक्रममा त्रिभुवन नगर जेसीजका कार्यवाहक अध्यक्ष जेसि प्रेमप्रकाश डिसी, दाङ महिला जेसीजकी निवर्तमान अध्यक्ष जेसि जिवा भुसाललगायतले मन्तव्य राखेका थिए ।
प्रकरण संयोजक जेसि बसन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव जेसि सुनिता थापाले गरेकी थिइन् । कार्यक्रममा सहभागीलाई धन्यावाद ज्ञापन कोषाध्यक्ष जेसि अनिता ढकालले गर्नुभएकाे थियाे भने जेसीज आस्था पाठ उपाध्यक्ष जेसि दिलु मल्लले गर्नुभएकाे थियाे कार्यक्रमका मूल संयोजक जेसि जुनकुमारी बुढाले जेसीज सप्ताहको विषयमा जानकारी गराउनुभएकाे थियाे ।