अत्तरिया जेसीज द्वारा सुरक्षाकर्मि लाई मास्क र ग्लोब्स वितरण

2020-04-16

 २० चैत्र  कैलालीको अत्तरिया जेसीजले अत्तरियाका सुरक्षाकर्मीहरुलाई मास्क र ग्लोब्स वितरण गरेको छ । बिश्वभर महामारीको रुपमा फैैलिएको कोरोना भाईरसले यतिबेला नेपालीपनि त्रसित भएका छन् । कोरोना भाईरसबाट सुरक्षित रहन जेसिसले आज सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामै पुगेर मास्क र ग्लोब्स बितरण गरेको हो ।

जेेेेेसीज का अध्यक्ष प्रमोद अधिकारी र नि बर्तमान अध्यक्ष गणेश शाह लगायत अरु पदाधिकारि कार्यालयमै पुगेर ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्ट र सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक मोहन बहादुर साउदलाई करिब १ सय पिस मास्क र १ सय पिस ग्लोब्स हस्तान्तरण गरेका हुन ।

साथै अत्तरिया क्षेत्रमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई चाउचाउ, चिउरा र पानी पनि वितरण गरेको छ । नेपाल सरकारद्वारा देशभरी जारी गरिएको ‘लकडाउन’ को समयमा सुरक्षामा खटिएका सुरक्षाकर्मिहरुलाई केही राहत होला भन्ने उद्देश्यले सानो सहयोग गरेको अत्तरिया जेसिसका अध्यक्ष प्रमोद अधिकारीले बताए । उनले लकडाउनको समयमा सबैले घरमै बसेर सुरक्षित रहन र सुरक्षामा खटिएका सुरक्षकर्मीहरुलाई पनि यसमा सहयोग गर्न अपिल गरे ।  


JCI News Archive