४ साउन कोहलपुर / कोहलपुर जेसिज सप्ताह २०२२ अन्तर्गत आज ट्राफिक सचेतता सम्बन्धि कार्यक्रम गरिएको हो। कार्यक्रम भने स्लो बाईक प्रतियोगिता रहेको थियो ।
स्लो बाईक प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अथिति ईलाका प्रहरी कार्यालयका प्रमुख एन बहादुर मल्लले नागरिकले स्वयम् ट्राफिक नियमको पालना गर्दैनन् तब सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न समस्या हुने देखिएको बताए ।
दुर्घटना न्यूनीकरण कम गर्न चालकका साथै स्थानीयले पनि ट्राफिक नियमको पुर्ण पालना गर्नुका साथै गति सिमित गरि आफ्नो तर्फ बाट आफै सचेत रहनु पर्ने मल्लले बताएका थिए ।
कार्यक्रममा नेपाल जेसिजका पुर्ब कार्यकारी उपाध्यक्ष जेसी तिर्थ पौडेल ,नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जेसी राम प्रसाद पान्डे ,कोहलपुर जेसिज का पुर्ब अध्यक्ष जेसी बुद्धि थापा सहित कार्यक्रममा सहभागी भएका थिए ।
बर्ष २०२२ का अध्यक्ष जेसी इश्वर शर्माले कोहलपुर जेसिजले हरेक बर्ष सप्ताह ब्यापी कार्यक्रम गर्दै आएको र आज ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम अन्तरर्गत स्लो बाईक प्रतियोगिता संचालन गरिएको बताए ।
उनले पछिल्लो समय तिब्र गतिका कारण दुर्घटना बढिरहेको र यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा केही परिवर्तन गरी युवा पुस्तामा सचेतना अभिबृद्धि हुने विश्वास लिएको अध्यक्ष शर्माले बताएका थियो ।
उक्त कार्यक्रममा उत्साह जनक मानिसको सहभागीता रहेको कार्यक्रमका कार्यक्रम संयोजक जेसी अभिषेक राणा ले बताए।