कपिलवस्तु जेसीज सप्ताह अन्तर्गत अन्तर स्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

2021-08-13

२९ श्रावण २०७८ शुक्रबार

कपिलवस्तु जेसीजद्वारा संचालित जेसीज सप्ताह अन्तर्गत आज अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बाणगंगा नगरभित्रका ६ वटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा जनता नमुना मा बि पिपरा प्रथम, सिद्धार्थ मा बि बुंची दोस्रो, बाणगंगा मा बि गजेहडा तथा आवर विज्डम बोर्डिंङ तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । जेसिजका अध्यक्ष भिमकांत भट्टराईको अध्यक्षता र कपिलबस्तु जेसीजका पुर्व अध्यक्षय पोस्टराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । चन्द्रकान्त पोख्रेलको स्वागत मंतव्य रहेको कार्यक्रम महासचीव अमृत घिमिरे र कार्यकारिणी उपाध्यक्ष सुशील खत्रीले संचालान गर्नुभएको थियो । कार्यक्रममा राजेन्द्र अर्यालले आस्था पाठ गर्नुभएको थियो ।

JCI News Archive