२०७६ कात्तिक २४ देखी ३० गते सम्म लेखनाथ जेसीजले आयोजना गरेको जेसीज सप्ताह २०१९ को सातौँ कार्यक्रम असल नेतृत्व तथा उत्प्रेरणा विषयक तालिम लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा नेपाल जेसीज वर्ष २०१० का राष्ट्रिय अध्यक्ष एवम् जेसीआई इन्टरनेशनल वर्ष २०११ का अन्तराष्ट्रिय उपाध्यक्ष जेसी आई सिनेटर राजु केसीज्यूको प्रमुख प्रशिक्षणमा लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको सभाअध्यक्षतामा सम्पन्न गरियो । लेखनाथ क्षेत्रमा विभिन्न क्षेत्रमा नेतृत्व गर्नुभएका महानुभावहरु, लेखनाथ जेसीजका सदस्यहरु गरी कुल ६५ जनाको उपस्थ्तिीमा सम्पन्न गरिएको असल नेतृत्व तथा उत्प्रेरणा विषयक तालिमको कार्यक्रम संयोजक लेखनाथ जेसीज वर्ष २०१९ का शुक्रवारसरिय प्रवचनमाला संयोजक जेसी कृष्ण तिवार रहेका थिए ।