बुधबारे जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक अध्यक्ष जेसि दुर्योधन सिंह राजपुतको अध्यक्षतामा बसी विविध विषयमा छलफल गरी निर्णयहरु पारित गरियो ।
मुख्य निर्णयहरुः
१. कार्यकारिणि उपाध्यक्ष तथा उपाध्यक्षहरुलाई जेसिजको मुल्य र मान्यता अनुसार क्षेत्रगत कार्य विभाजन ।
२. आर्थिक पारदर्शिता तथा खर्च मितब्ययिताका लागि आर्थिक नियमावलि निर्माण गर्ने र सो कार्यका लागि समिति गठन ।
३. वर्ष २०२४ का अध्यक्षको प्लान अफ एक्सन प्रस्तुत ।
४. भावि निति तथा कार्यक्रमहरु निर्धारण ।
५. बुधबारे जेसिजको दिर्घकालिन कोष स्थापना लगायत अन्य विविध ।