Tomorrow is Now

2023-09-04


मिति २०८०/०२/०७ तदनुसार २१ मे २०२३ आईतबार दिन नारायणगढलेडी जेसिजको आयोजना मा नारायणी पब्लिक विधालयको कक्षा ७,८,९, मा अध्यनरत छात्राहरूलाई मोटिभेट गर्ने उद्देश्यले टुमरो ईज नाउ (Tomorrow is now)  ट्रेनिङ शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठ ज्यू को अध्यक्षतामा सम्पन्न गरियो ।

कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षकको रुपमा नारायणगढलेडी जेसिजकि धरोहर पूर्व अध्यक्ष, पूर्व राष्ट्रिय कानुनी सल्लाहकार, master TOT graduate/JCI Trainer NALANDA Graduate ,  NLP Certified Practitioner जेसी आई सिनेटर मनषा थैव ज्यू रहनु भएको थियो 

नारायणी पब्लिक विधालयका प्राचार्य एवं बीस हजार जेसिजका नि:बर्तमान अध्यक्ष जेसी बेदराज न्यौपाने ज्यू र नारायणगढलेडी जेसिजकि नि वर्तमान अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी ज्यूको  विशेष उपस्थिति रहेको थियो ।


कार्यक्रममा नारायणगढलेडी जेसिज वर्ष २०२३कि उपाध्यक्ष जेसी सुमी सिंह ज्यूले जेसिजहरूको ढुकढुकी आस्था पाठ वाचन गर्नुभएको थियो ,नारायणगढ लेडी जेसिजकि कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रम संयोजक   जेसी अस्मिता तिमिल्सिना ज्यू ले कार्यक्रम उपस्थिति सम्पूर्णलाई स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव जेसी गौरी गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमबाट ८० जना छात्राहरु लाभान्वित भएको थियो ।

JCI News Archive