प्रेदेश अस्पतालमा ब्लड ग्रुपिङ कार्यक्रम सम्पन्न

2025-05-23
पर्वत जेसीजको आयोजनामा तथा मिलन फाउन्डेसन नेपालको सहकार्यमा कुश्मा स्थित प्रदेश अस्पतालमा भव्य रूपमा ब्लड ग्रुपिङ कार्यक्रम सम्पन्न भएको छ। “Skill and Opportunities: A New Era Begins” भन्ने नाराका साथ अगाडि बढिरहेको पर्वत जेसीज 2025 को यो कार्यक्रमले युवाहरूमाझ स्वास्थ्य सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अस्पताल कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जि.सी रहनुभएको थियो भने विशिष्ट अतिथिमा प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, नारायण मा.वि.का प्रधानाध्यापक प्रकाश रिजाल, मिलन फाउन्डेसनकी कार्यबाहक अध्यक्ष देवी गुरुङ र पर्वत जेसीजका निवर्तमान अध्यक्ष मिलन पौडेल लगायत अतिथिहरू सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको अध्यक्षता पर्वत जेसीज २०२५ का अध्यक्ष जेसी अच्युत पौडेलले गर्नुभएको थियो भने संचालन महासचिव जेसी प्रवेश राज पुरीले गर्नुभएको थियो। कार्यक्रम संयोजकको जिम्मेवारी जेसी लक्ष्मण बीसीले निर्वाह गर्नुभएको थियो भने आस्था पाठको नेतृत्व जेसी मन्जु शर्माले गर्नुभएको थियो।
‘फ्रेन्ड्स अफ प्रदेश अस्पताल’ अन्तर्गत आबद्ध संघ–संस्थाहरू—शिवालय बगैंचा शैक्षिक समाज, पर्वत मिलन क्लब, एकता युवा क्लब, रोटरी क्लब अफ पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत, पर्वत मिलन महिला समूह, पर्वत सुनचाँदी व्यवसायी संघ, बगैंचा आमा समूह, पर्वत टेलरिङ व्यवसायी संघ, ढोलागिरी बहुउद्देश्यीय महिला विकास समिति, सिसेफ महिला समूह र पुन युवा क्लब—का प्रमुख तथा प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत नारायण माध्यमिक विद्यालय र शिवालय माध्यमिक विद्यालयका करिब १५० जना विद्यार्थीहरूको रक्त समूह परीक्षण (ब्लड ग्रुपिङ) गरिएको थियो।
कार्यक्रमले स्वास्थ्यप्रति जागरुकता जगाउनुका साथै भावी रक्तदाताको पहिचान र उत्प्रेरणामा महत्वपूर्ण भूमिका खेलेको छ।
JCI News Archive