पर्वत जेसीजको आयोजनामा तथा मिलन फाउन्डेसन नेपालको सहकार्यमा कुश्मा स्थित प्रदेश अस्पतालमा भव्य रूपमा ब्लड ग्रुपिङ कार्यक्रम सम्पन्न भएको छ। “Skill and Opportunities: A New Era Begins” भन्ने नाराका साथ अगाडि बढिरहेको पर्वत जेसीज 2025 को यो कार्यक्रमले युवाहरूमाझ स्वास्थ्य सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको थियो।