आज को युग सूचना प्रविधिको युग हो। सूचना प्रबिधि को माध्यम द्वारा छोटो
समयमा धरै काम गर्न र कसरी सूचनामा प्रविधिमा सुरक्षित रहन सकिन्छ , भन्ने
उद्ेश्यले मिति २०७७/११/२४ गते सोमबारका दिन १११ अन्तरास्ट्रिय नारी दिबशको
उपलक्षमा काभ्रे लेडी जेसिजले Empowering Women with ICT Skills सम्बन्धि
तालिम आयोजना गरियो। उक्त कार्यक्रम को सभापति काभ्रे लेडी जेसिज बर्ष
२०२१ का अध्यक्ष जेसी देवकी आचार्यले गर्नु भयको थियो। कार्यक्रममा प्रमुख
अथिति काभ्रे लेडी जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका पूर्व
उपाध्यक्ष जेसी कुमादा बैद्यज्यू, विशिष्ठ अतिथि काभ्रे जेसीजका पूर्व
अध्यक्ष यवम नेपाल जेसिजका महासचिव जेसी आई सिनेटर विकास मानन्धरज्यू,
अतिथि काभ्रे जेसिज २०२१ का अध्यक्ष जेसी सुबास वैद्यज्यू , बनेपा जूनियर
जेसिजका अध्यक्ष जेसी निर्जन गौतमज्यू मुख्य प्रशिक्षक क्यान काभ्रेका
पूर्व अध्यक्ष यवम क्यान महासंघका केन्द्रीय सचिव शेखर नाथ दुलाल ज्यु
हुनुहुन्थ्यो ।सो कार्यक्रम को संयोजक जेसी रविना सेवाचार्य ले गर्नु भयको
थियो भने कार्यक्रम सन्चालन महासचिब जेसी सुमित्रा श्रेष्ठ ले गर्नु भयको
थियो साथै बोर्डका पदाधिकारीज्यू , सदस्य ज्यूहरु,पूर्व अध्यक्षज्यू
हरुले यो कार्यक्रम धरै प्रभाबकारी भयको र आगामी दिन मा पनि निरन्तरता दिनु पर्ने जानकारी गराउनु भयो अन्तमा हाम्रो
निमन्त्रणा लाई स्वीकार गरी आफ्नो अमूल्य समय दिनु भएको मा हार्दिक आभार
तथा धन्यवाद प्रकट गर्दै कार्यक्रम को समापन गरियो ।