निरुपित राष्ट्रिय उपाध्यक्षलाई पोखरामा स्वागत
जेसीआई पोखरा र जेसीआई पोखरा लेडिले सयुंक्त रुपमा जेसीआई नेपालका क्षेत्र “ख” निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटालाई पोखरामा स्वागत एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्षले जेसीआई पोखरा र जेसीआई पोखरा लेडि उत्कृष्ट शाखा रहेको र जेसीआई नेपालको कार्यक्रमहरु सम्पन्न गर्न महत्वपूर्ण भुमिका खेलेको कुरा बताउनुभयो । साथै जेसीआई पोखरा लेडीको आतिथ्यतामा जेसीआई नेपाल क्षेत्र “ख” अध्यक्षीय भेटघाट कार्यक्रमलाई जेसीआई पोखराले पनि सहयोग गर्नुपर्ने भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । जेसीआई पोखरा र जेसीआई पोखरा लेडिका सदस्यहरुले जेसीआई नेपाल र जेसीआई अभियान सम्बन्धी राखेको जिज्ञासाहरु राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटाले प्रष्ट पार्नुभएको थियो ।
जेसीआई पोखरा लेडीकी अध्यक्ष जेसी सपन गिरी, जेसीआई पोखरा लेडीकी पुर्व अध्यक्ष तथा जेसीआई नेपालकी पूर्व राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसी संगिता पौडेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जेसीआई पोखराका पुर्व अध्यक्ष तथा पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी गोविन्द प्रसाद देवकाटा, जेसीआई पोखराका निवर्तमान अध्यक्ष तथा NJC Training Pool Commissioner -Area B जेसी शिव सुवेदी, जेसीआई पोखरा लेडीकी निवर्तमान अध्यक्ष तथा NJC Board Advisor जेसी सन्तु पौडेल लगायत जेसीआई पोखरा र जेसीआई पोखरा लेडीका पदाधीकारी, सदस्य र अस्थाई सदस्यहरुको उपस्थिति रहेको थियो । जेसीआई पोखरा वर्ष २०१९ का अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आस्था पाठको अगुवाई अन्तराष्ट्रिय विकास क्षेत्रका निर्देशक जेसी विजय कुइकेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य अन्तराष्ट्रिय विकास क्षेत्रका उपाध्यक्ष जेसी विनोद के.सी.ले व्यक्त गर्नुभएको थियो । जेसीआई पोखराका महासचिव जेसी शक्ति वरुवालले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन जेसीआई पोखरा लेडिकी कानूनी सल्लाहकार जेसी विनिता सापकोटाले राख्नुभएको थियो ।