लहान सिटी जेसीजद्वरा अन्तरास्ट्रिय महिला दिवसको अवसरमा महिनावारी स्वच्छता तथा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

2025-03-27

मिति २०८१ चैत्र १४ गते लहान सिटी जेसीज बर्ष २०२५ ले अन्तरास्ट्रिय महिला दिवसको अवसरमा महिनावारी स्वच्छता तथा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम लहान सिटी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी देवन लाल ठाकुरज्यूको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य माननीय ललिता दासज्यूको प्रमुख आतिथ्यता मा लहान ३ स्थित रोयल सफटेक कलेजका स्नातक तहका छात्राहरुलाई लक्षित गरि गरिएको थियो। कार्यक्रममा प्रशिक्षकको रुपमा डा. राखी साह, डा. शैलेन्द्र साह, प्रादेशिक अस्पताल लहानका स्टाफ नर्स सोनी शर्मा रहेका थिए । करिब २०० छात्राहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा लहान सिटी जेसीजका बोर्ड पदाधिकारीहरु, पुर्व अध्यक्षज्यूहरु, कलेजका संस्थापक अध्यक्ष रेणु देवी साह, कलेजका शिक्षक तथा स्टार्फ़हरु लगायत बिभिन्न जेसीज मनहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा मायाको चिनो प्रदान गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णमा अध्यक्षद्वारा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रमको संयोजक जेसी प्राची साह रहेको थियो भने कार्यक्रम संचालन महासचिब जेसी बमचन्द्र चौधरीले गरेको थियो ।

JCI News Archive