लेखनाथ जेसीज वर्ष २०२० को नेतृत्वमा जेसी चिरञ्जिवी न्यौपाने

2019-12-02

लेखनाथ जेसीजको वर्ष २०२० का लागि जेसी चिरञ्जिवी न्यौपानेको निर्विरोध अध्यक्ष चयन भएका छन् । लेखनाथ जेसीजको २१ औँ शाखा अधिवेशन तथा २२ औँ वार्षिक साधारण सभाले न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको कानुनी सल्लाहकारमा जेसी सुजन न्यौपाने, कार्यकारिणी उपाध्यक्षमा जेसी चन्द्र प्रकाश ढुङ्गाना र जेसी नम्रता बास्तोला, महासचिवमा जेसी नवराज पौडेल, कोषाध्यक्षमा जेसी कृष्ण तिवारी, सह–सचिवमा जेसी उत्तम श्रेष्ठ चयन भए । त्यस्तै चार उपाध्यक्षमा जेसी प्रकाश राईभाट, जेसी मनोज चापागाई, जेसी सरोज भट्टराई र जेसी विकास रानाभाट चयन भए भने शाखा सम्पादकमा जेसी मनोज बराल चयन भए ।

शाखा अधिवेशनको उद्घाटन लेखनाथ जेसीजका संस्थापक अध्यक्ष श्री बावुराम जमरकट्टेलज्यूले गर्नुभएको थियो भने यस कार्यक्रममा यस क्षेत्रका विभिन्न संघ–संस्थाका अध्यक्ष एवम् प्रतिनिधी, लेखनाथ जेसीजका सदस्य, पूर्व अध्यक्ष, समाजसेवी एवम् लेखनाथ जेसीजका शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षको तर्फबाट श्री हरि प्रसाद लामिछाने, छिमेकी शाखाका तर्फबाट मातृशाखा पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीले शुभकामना मन्तव्य राख्नुभएको थियो । लेखनाथ जेसीजका महासचवि जेसी चिरञ्जिवी न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा जेसीज आस्थापाठ जेसी कृष्ण तिवारी, स्वागत मन्तव्य जेसी सुजन न्यौपानेले गर्नुभयो भने धन्यवाद ज्ञापन जेसी नवराज पौडेलले गनुएभएको थियो ।

JCI News Archive

Whoops, looks like something went wrong.