भेरीगंगा सुर्खेत, कोभिड १९ कोरोना भाइरस को नयाँ भेरियन्ट देखा परे सँगै हाल विश्वलाई नै आक्रान्त पारिरहेको बेला नेपाल पनि त्यस प्रजातिको नयाँ भेरियन्ट बाट ग्रसित हुँदै गइरहेको छ। जसका कारण आज दैनिक रुपमा हजारौं नेपालीहरु संक्रमित र सयौं को संख्यामा मृत्यु वरण गर्नु पर्ने कठिन अवस्थामा मुलुक प्रवेश गरिरहेको छ ।
यस महामारी तथा विषम परिस्थितिमा आफ्नो सामाजिक उत्तरदाित्व बहन गर्ने क्रममा LEAD FOR IMPACT भन्ने मुख्य ध्येका साथ वर्ष २०२१ मा विभिन्न सञ्चालन गर्दै आइरहेको भेरीगंगा जेसिजले वर्ष २०२१ का बोर्ड कार्यकारिणी उपाध्यक्ष जेसी गणेश बहादुर ओली को संयोजकमा जेसी निर्मला चन्द,जेसी रमेश शर्मा,जेसी सरस्वाति रेग्मी,जेसी गृष्मा शाही सदस्य रहेको कोरोना प्रतिकार्य उपसमिति गठन गरी उक्त उपसमिति को नेतृत्वमा आफ्नो महत्तवपूर्ण परियोजना का रुपमा अघि सारेको नमूना जेसिज गाउँ धनुबास भेरीगंगा नगरपालिका वार्ड नं १ मा रहेका ६० घरपरिवार लाई Covid 19 बाट सुरक्षित राख्न का लागि स्वास्थ्य सामग्री साबुन, सेनीटाइजर, सर्जिकल मास्क वितरण का साथै सचेतनामुलक कार्यक्रम जेसिज नमूना गाउँ प्रवर्द्धन संयोजक जेसी दुस्मन कुमार शर्मा महासचिव नबराज कार्की को उपस्थिति मा सम्पन्न गरेको छ।
साथै यस महामारी नियन्त्रण का लागि भेरीगंगामा भेरीगंगा नगरपालिकाका द्वारा संचालित अस्थाइ कोभिड हस्पिटलमा हेल्प डेस्क स्थापना गरी PCR परीक्षण का लागि आउने बिरामीहरू लाई कार्यबाहक नगर प्रमुख रेणु आचार्य ढकाल को उपस्थितिमा मास्क, सेनिटाइजर, मास्क वितरण ,आवस्यक स्वास्थ्य संदेश र सहजीकरणका साथै मनोपरामर्शका क्रियाकलाप संचालन गर्दै आइरहेको छ भने यस विषम परिस्थितिमा अग्रपंतिमा रहेर जनताको स्वास्थ्य सुरक्षामा खटिने सुरक्षाकर्मीहरु ,अस्थायी ट्राफिक पोस्ट छिन्चु, रामघाट प्रहरी चौकी र २०७१ सालको बाढी पहिरोबाट विस्तापितहरु बस्ने हाटारू खोला विस्तापित शिविरमा बसोबास गर्ने नागरिकहरुलाई भेरीगंगा नगरपालिका वार्ड नं १२ का वडा अध्यक्ष हरिप्रसाद कँडेल, उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल , भेरीगंगा जेसिज वर्ष २०२१का अध्यक्ष जेसी रामु सुबेदी,कार्यकारिणी उपाध्यक्ष जेसी गोपी शर्मा लगायत उपसमितिका संयोजक ,सदस्यहरु भेरीगंगा जेसिज वर्ष २०२१ का अन्य सदस्यहरुको उपस्थितिमा मास्क, सेनिटाइजर वितरण कार्य सम्पन्न गरियाे ।