कपिलबस्तु जेसिजले २०७८/०२/०६ देखि २०७८/०२/१३ सम्म बाणगंगा नगरपालिकाका ११ वटै वडाहरुका
३ सय ७३ जना कोविड- १९ संक्रमण पुष्टि भएका संक्रमित व्यक्तीहरुलाई डाक्टर को सल्लाह मा औषधि ,स्वस्थबर्दक मह, तागत बढाउन च्यावन्प्रास जस्ता पौष्टिक आहार युक्त कोसेली सहित प्रत्यक्ष भेटगरी उनिहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिने र बिरामीहरुको आत्ममनोबल बढाउने कार्य गरिएको
छ । कार्यक्रमकै दौरान कोविड- १९ कै कारण ज्यान गुमाएका ५ जनाको घरमा पुगेर
सान्त्वना दिईएको थियो । कतिपय स्थानमा कोविड- १९ संक्रमितहरूलाई आफन्त र छिमेकीबाट गरीएको
दुर्व्यवहार, सामाजिक अपहेलेना र एक्लोपनका अनुभव भइरहेको अवस्थामा हाम्रो
कोशेली संगै को आत्मियता ले गर्दा संक्रमितसंग तिता मिठा अनुभव साटासाट गर्ने अवसर
प्राप्त भयो।अभियानलाई सफल बनाउन स्थानीय जनप्रतिनिधि , सम्बन्धित वार्ड स्वास्थचौकीका
स्वास्थकर्मी , स्थानीय सहयोगी संस्थाको सहयोगले अझै सहज भएको थियो ।
कपिलबस्तु जेसिजको उक्त कार्यक्रममा लायन्स क्लव अफ बाणगंगाको पनि सहकार्य रहेको थियो,
कार्यक्रम संयोजन जेसी प्रविन पौडेल
गर्नु भएको थियो
, अभियानमा
अध्यक्ष
जेसी भिमकान्त भट्टराई
सम्बन्धित वार्ड का जेसिज सदस्य
जेसी मनोज कुमार खत्री,जेसी बाबुराम अर्याल
,
जेसी
कमल घिमिरे , पुर्व
अध्यक्ष
जेसी गोपलमणि ज्ञवाली लगाएतको उपस्थिति रहेको थियो