Pre - Induction And Motivation Training

2021-04-04


जेसिआइ हेटौंडाको आयोजनामा Pre - Induction And Motivation Training सम्पन्न भएको छ ।कार्यक्रम जेसिआई हेटौँडाको सचिवालयमा सम्पन्न भएको थियो । कार्यक्रम जेसिआइ हेटौंडाका अध्यक्ष जेसि लिसेन बस्नेतको सभादक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि एवम प्रमुख प्रशिक्षक, यसै संस्थाका पूर्व अध्यक्ष, जेसिआई सिनेटर दिपकराज मिश्र रहनु भएको थियो ।सम्पूर्ण उपस्थित सदस्य एवम अतिथिहरुलाई कार्यकारिणी उपाध्यक्ष जेसि मनोज रिजालले स्वागत गर्दै आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो । यस संस्थाका कानूनी सल्लाहकार, जेसी पवन कुमार कंसकारले आस्था पाठ गर्नु भएको थियो । कार्यक्रमको संयोजन जेसीकृष्ण कुमार खतिवडाले गर्नु भएको थियो भने उक्त कार्यक्रम सञ्चालन महासचिव जेसी श्रवण कुमार वर्तौलाले गर्नु भएको थियो ।


JCI News Archive