वालिङ जेसीजले विश्व वातावरण दिवसकाे अवसर पारेर वृक्षारोपण सहित प्राकृतिक अक्सिजन काे लागि " मेरो जीवनलाई एक बिरुवा" क्याम्पिङ सम्पन्न गरेको छ

2021-06-05

वालिङ जेसीजले विश्व वातावरण दिवसकाे अवसर पारेर वृक्षारोपण सहित प्राकृतिक अक्सिजन काे लागि " मेरो जीवनलाई एक बिरुवा" क्याम्पिङ सम्पन्न गरेको छ।
नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय अभियान " परिवर्तन का लागि उठाैं, मानव विकास सँगै नेतृत्व अभ्यासलाई सार्थक तुल्याउन वालिङ जेसीजको तर्फबाट दिगो विकास लक्ष्य अन्तर्गत रहेको लक्ष्य नं१३ अनुरूप साे कार्यक्रम गरिएको वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालले बताउनुभयो । हाल विश्वव्यापी महामारीको रूपमा फैलिदैं गइरहेको काेराेना भाइरस भेरियन्ट -२ काे संक्रमण तिव्र गतिमा बढ्दै जाँदा वालिङ जेसीजले अा- अाफ्नाे क्षेत्रबाट फाेटाे क्याम्पिङ सहित कार्यक्रम सम्पन्न गरेकाे हाे। उक्त कार्यक्रममा वालिङ जेसीजका बाेर्ड पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागीता रहेको वालिङ जेसीजका महासचिव जेसी यज्ञ पुरूष रिजालले जानकारी दिनुभयो । विगतका दिनमा समेत वालिङ जेसीजले विपन्न परिवारलाई राहत सामाग्री, स्याङ्जा कारागार काे लागि टिभी लगायत काेभिड १९ राेकथामकाे लागि फ्रण्टलाइनमा बसेर सहयोग पुर्‍याउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हरूलाई विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरू प्रदान गर्दै आइरहेको छ।
https://www.facebook.com/jci.waling/posts/175961681147929

JCI News Archive

Whoops, looks like something went wrong.