पाल्पा, पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्यको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२५ का लागि शाक्यको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।
समिति चयनसँगै जेसीजको ४४ औं पद हस्तान्तरण गरिएको छ । वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीले वर्ष २०२५ का अध्यक्ष शाक्यलाई पद हस्तान्तरण गरेका हुन् । अध्यक्ष शाक्यसहित अन्य पदाधिकारी तथा सदस्यहरुले पनि पदभार ग्रहण गरेका छन् । तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच २०२४ को समितिले २०२५ का नयाँ समितिलाई पद हस्तान्तरण गरेको हो । २०२५ का लागि निवर्तमान अध्यक्षमा जेसी अर्जुन कार्की, कानुनी सल्लाहाकारमा जेसी महेश खनाल, कार्यकारिणी उपाध्यक्षमा जेसी विजय कार्की, जेसी सुनिल चापागाई, महासचिवमा जेसी गणेश पन्थी, कोषाध्यक्ष जेसी सतिशराज शाक्य, उपाध्यक्षहरुमा जेसी कला दाहाल, जेसी बिक्रम सिंह, जेसी सुमन बस्याल, जेसी करन चित्रकार, सचिवमा जेसी प्रकाश कार्की र जनसम्पर्क अधिकारीमा जेसी दुष्यान्त भण्डारी, सह कोषाध्यक्षमा जेसी दिपेन्द्र बराल, तालिम संयोक जेसी सुनिल पंगेनी, प्रकरण निर्देशक जेसी निजमदिन मियाँ र शाखा सम्पादकमा जेसी बालकृष्ण बस्याल चयन भएको निर्वाचन आयुक्त मदन गाहाले जानकारी दिए । पद ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष शाक्यले पाल्पा जेसीजले वर्ष २०२५ का लागि युवा लक्षित कार्यक्रम गरिने बताए । उनले स्थानीयसँग समन्वय गरी युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ काम गर्ने उल्लेख गरे । अध्यक्ष कार्कीले युवाहरूको साथ लिएर समाज विकास र जेसीजको नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताए । कार्यक्रममा जेसीजले तयको प्रकरणलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले अनावरण गरेका हुन् ।