रत्ननगर जेसीजको आयोजनामा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

2024-03-07

रत्ननगर जेसीजको आयोजना र रत्ननगर जुनियर जेसीजको सह आयोजनामा रत्ननगर नगरपालिकामा रहेको बकुलहर चोकमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन भएको छ। ११४ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मिति २०८० फल्गुण २४ गतेका दिन आयोजना गरिएको उक्त कार्यक्रम रत्ननगर जेसीज वर्ष २०२४का अध्यक्ष जेसी नरहरि पुरीको अध्यक्षता र रत्ननगर जुनियर जेसिज वर्ष २०२४ कि अध्यक्ष जु.जेसी रेनुका ढकालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका सामुदायिक प्रहरीहरुको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा महिला हिंसा विरुद्धका पर्चा पम्प्लेट वितरण गरिएको थियो।

JCI News Archive