देवघाटधाम जेसीजको आयोजनामा नारी दिवसको अवसरमा वक्तृत्वकला

2025-03-08

देवघाटधाम  जेसीजद्वारा  आज  मिति २०८१ फागुन २४ गते ,११५ औँ  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित "सबै महिला तथा बालिकाको लागि: अधिकार ,समानता र  सशक्तीकरण " शीर्षकमा छात्रा  वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा रामजानकी बालिका आश्रमकी निलम लोककल्याणीले प्रथम, माँ कल्याणी वैदिक कन्या गुरुकुलमकी दुर्गा थापले द्वितीय, रामजानकी वालिका आश्रमकी वैष्णवी लोककल्याणीले तृतीय र कालिका मा वि की दीपिका पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनीहरूलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ। कार्यक्रम देवघाटधाम जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालको अध्यक्षता, देवघाट गा.पा वडा नं ५ की सदस्य कमला गुरुङको  प्रमुख आतिथ्यता, कार्यकारीणी उपाध्यक्ष जेसी रक्षा कार्कीको संयोजकत्वमा र विभिन्न गुरुकुल, विद्यालयका छात्रा, प्रतिनिधि र देवघाटधाम जेसीजका पदाधिकारीहरुको उपस्थितिमा  माँ कल्याणी कन्या गुरुकुलम परिसर , देबघाट-५ तनहुँ मा सम्पन्न भएको छ । निर्णायक हरुमा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाटकी व्यवस्थापक संगिता ओझा, देवघाट गाउँपालिकाका न्यायिक सहजकर्ता रोशनी पन्त र अम्बर एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल भरतपुरकी शिक्षिका तथा देवघाटधाम जेसीजकी तालिम आयुक्त जेसी स्वस्तिका धिताल रहनुभएको थियो। कार्यक्रम सञ्चालन देवघाटधाम जेसीज वर्ष २०२५ का महासचिव जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो।

JCI News Archive