रोजगारीको सिलसिलामा काठमाडौं, पोखरा, लमजुङ लगायत देशका विभिन्न भागमा कामको सिलसिलामा जानुभएका तर लकडाउनका कारण घर फर्कुनुभएका विभिन्न जिल्लाका व्यक्तिलाई घोराहीमा अलपत्र अवस्थामा उद्दार गरिएको छ ।
घोराही उप–महानगरपालिका, १५ नं. वडा कार्यालय, दाङ चेम्बर अफ कमर्श, स्थानीय समाजसेवीहरुको सहकार्यमा सम्वन्धित जिल्लामा सहकार्य गरि उनीहरुलाई गन्तव्यमा पु¥याईएको जानकारी महासचिव जेसी मिनराज भाटले जानकारी दिनुभएको छ ।
लामो यात्रामा भोक, प्यास र थकाइले गलेका यात्रुहरुले जेसीजको यो समाजिक कार्य र मानवताको सेवाको खुलेर प्रशंसा गरेका थिए । अलपत्र यात्रुहरु मध्ये केहीलाई स्थानीय निकायको क्रियाशीलतामा गाडीको व्यवस्था गरी गन्तव्य स्थान पठाइएको छ भने ४६ बढी यात्रुहरुलाई रात्रीकालीन अवस्था तथा गाडीको व्यवस्था हुन नसक्दा जेसीज सचिवालयमा राखिएको छ । उनीहरुलाई भोलि विहानै गाडीको व्यवस्था गरी गन्तव्यमा बढाईने समेत जेसीजले जानकारी दिएको छ ।
कि मानवताका सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने जेसीज आस्था अनुरुप नै लकडाउन यता जेसीआई त्रिभुवननगर सक्रिय रुपमा सामाजिक कार्यमा अग्रसर रहेको छ । जिल्लाका अन्य संघसंस्था भन्दा निकै सक्रिय र मानवताको सेवामा एककदम अगाडि बढेको जेसीजले घोराही उप–महानगरपालिकाको विभिन्न वडाहरुमा सातलाख बढीको राहत समेत हस्तान्तरण गरिसकेको छ ।