शुद्धोधन जेसिजले गर्यो शुद्धोधन सिङ्गिङ आईडल

2022-06-09



जेठ २६
शुद्धोधन

शुद्धोधन जेसिजको आयोजनामा शुद्धोधन सिङ्गिङ आईडल  सम्पन्न भएको छ । शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईरहेको जेसिज सप्ताहको तेस्रो कार्यक्रमको रुपमा शुद्धोधन सिङ्गिङ आईडल सम्पन्न गरेको हो ।

शुद्धोधन गाउँपालीकाका सामुदायिक तथा संस्थागत बिद्धालयका २३ जना बिद्यार्थी सहभागी रहेको कार्यक्रमबाट उत्कृष्ट ४ बिद्यार्थीका रुपमा ड्रिम भिजन स्कुल अफ फर्साटिकरका ईच्छा सुनार , शुद्धोधन बोर्डिङका राधिका कँडेल , लिटिल फ्लावर्स माविका बिमल पराजुली , तिलोत्तमा अंग्रेजी माविका कसिका गुरुङ छानीएका छन ।
शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष मुकेश कुँवरको अध्यक्षता , पुर्व अध्यक्ष चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष रामजी पौड्याल , मुल कार्यक्रम संयोजक रमेश गौतम ,पेष्टा रुपन्देहीका अध्यक्ष ईन्द्र फौदारको आतिथ्यतामा सम्पन्न  शुद्धोधन सिङ्गिङ आईडलमा निर्णायकको रुपमा अनील पहाडी र प्रेम नेपाली रहनुभएको थियो । 
जेसिजले उत्कृष्ट ४ मध्यबाट पहिलो दोस्रो तेस्रो र सान्त्वना छनौटका लागि ३१ गते नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा हुने भव्य समारोहमा प्रतिस्पर्धा गराउने जानकारी कार्यक्रम संयोजक नवीन खत्रीले गराउनु भयो।


JCI News Archive