शुद्धोधन जेसिजले गर्यो शुद्धोधन सिङ्गिङ आईडल

2022-06-09



जेठ २६
शुद्धोधन

शुद्धोधन जेसिजको आयोजनामा शुद्धोधन सिङ्गिङ आईडल  सम्पन्न भएको छ । शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईरहेको जेसिज सप्ताहको तेस्रो कार्यक्रमको रुपमा शुद्धोधन सिङ्गिङ आईडल सम्पन्न गरेको हो ।

शुद्धोधन गाउँपालीकाका सामुदायिक तथा संस्थागत बिद्धालयका २३ जना बिद्यार्थी सहभागी रहेको कार्यक्रमबाट उत्कृष्ट ४ बिद्यार्थीका रुपमा ड्रिम भिजन स्कुल अफ फर्साटिकरका ईच्छा सुनार , शुद्धोधन बोर्डिङका राधिका कँडेल , लिटिल फ्लावर्स माविका बिमल पराजुली , तिलोत्तमा अंग्रेजी माविका कसिका गुरुङ छानीएका छन ।
शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष मुकेश कुँवरको अध्यक्षता , पुर्व अध्यक्ष चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष रामजी पौड्याल , मुल कार्यक्रम संयोजक रमेश गौतम ,पेष्टा रुपन्देहीका अध्यक्ष ईन्द्र फौदारको आतिथ्यतामा सम्पन्न  शुद्धोधन सिङ्गिङ आईडलमा निर्णायकको रुपमा अनील पहाडी र प्रेम नेपाली रहनुभएको थियो । 
जेसिजले उत्कृष्ट ४ मध्यबाट पहिलो दोस्रो तेस्रो र सान्त्वना छनौटका लागि ३१ गते नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा हुने भव्य समारोहमा प्रतिस्पर्धा गराउने जानकारी कार्यक्रम संयोजक नवीन खत्रीले गराउनु भयो।


JCI News Archive

Whoops, looks like something went wrong.