लेखनाथ जेसीजको पाँचौ कार्यसमिति बैठक सम्पन्न ।

2022-08-15

मिति २०७९ श्रावण ०२ गते सोमबार तद्अनुसार जुलाई १८, २०२२ का दिन लेखनाथ जेसीज वर्ष २०२२ को पाचौ कार्यसमितिको बैठक पोखरा-२९ तालचोक , देउरालिस्वारा स्थित लेखनाथ जेसीजको सचिवालयको सभाहलमा लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्यूको अध्यक्षतामा लेखनाथ जेसीज वर्ष २०२२ का पदाधिकारीज्यूहरुको उपस्थितीमा सम्पन्न भएको छ । उक्त पाचौ बोर्ड बैठकमा लेखनाथ जेसीज बर्ष २०२२ को चौथो कार्यसमिति बैठकको माइन्युट अनुमोदन गरियो। लेखनाथ जेसीजले आयोजना गरिएको बृक्षारोपन कार्यक्रमको रिपोर्टलाई सर्बसम्मत रुपमा पारित गरियो ।साथै लेखनाथ जेसीजले आगामी दिनहरुमा बहुशाखा तालिम, योग शिबिर र शेयर सम्बन्धी तालिम गर्ने निणर्यलाई सर्बसम्मत रुपमा पारित गरियो ।

JCI News Archive