जेसिज को आँखा स्वास्थ्य सचेतना तथा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न !

2024-05-26

        २६ औं स्थापना दिवस को अवशर मा म्याग्दि जेसिज द्वारा आयोजित जेसिज सप्ताह-२०२४ अन्तर्गत  को पाँचौ दिन को कार्यक्रम मेरो बिद्यालय अन्तर्गत आँखा स्वास्थ्य सचेतता तथा नि:शुल्क आँखा जाँच कार्यक्रम बेनि नगरपालिका-५, भिरमुनि अवस्थित श्री पौलस्त्य मा. बि. मा. आज जेष्ठ १३ गते सम्पन्न भएको छ!

   शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दि का सभापति अमर बानियाँ को  प्रमुख आतिथ्यता, श्री पौलस्त्य मा. बि. का प्रधानाध्यापक प्रेम बानियाँ को बिशिष्ट आतिथ्यता,म्याग्दि जेसिज का कार्यकारिणि उपाध्यक्ष जेसि कृष्ण प्रसाद पौडेल स्वागत रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा म्याग्दि जेसिज कि साधारण सदस्य जेसि सुस्मिता बानियाँ को रहेको थियो!

     नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दि का प्रमुख नेत्र अधिकृत समेत रहेका शाखा अध्यक्ष जेसि दिनेश बानियाँ द्वारा विद्यार्थी तथा शिक्षक शिक्षिका हरुलाई आँखा स्वास्थ्य सचेतना स्वरुप कसरि आँखा को दृष्टि लाई सुरक्षीत राख्न सकिन्छ? भन्ने बारे  महत्वपूर्ण आँखा स्वास्थ्य सम्बन्धि टिप्स हरु सिङ्गो मास लाई जानकारी गराएर सचेतना फैलाए पस्चात १०० जना विद्यार्थी तथा शिक्षक शिक्षिका हरु को नि:शुल्क आँखा परिक्षण गरिएको थियो!

            नि:शुल्क आँखा जाँच का क्रम मा ३ जना बिद्यार्थि हरु मा दृष्टि भ्रम को समस्या भेटिएको र उक्त विद्यार्थी हरु लाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दि मार्फत हिमालय आँखा अस्पताल पोखरा द्वारा नि:शुल्क चस्मा उपलब्ध गराईने मेडिया म्यानेजर जेसि कपिल बानियाँले जानकारी गराए!

JCI News Archive