देवघाटधाम जेसीजको रक्तदानमा १२३ प्रिन्ट रगत संकलन

2023-02-28

फाल्गुन १२ । देवघाटधाम  जेसीजको आयोजनामा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

देवघाटको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा जेसीजका पदाधिकारी,गाउँपालिकाका पदाधिकारी, स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका आयोजक संस्था देवघाटधाम जेसीजका सस्थापक अध्यक्ष बिकास सापकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा १२३ जनाले रक्तदान गरेका छन् भने २ पिन्ट दुर्लभ रगत समेत संकलन भएको छ ।देवघाटधाम जेसीज बर्ष २०२३ का अध्यक्ष विष्णुहरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथि देवघाटधाम गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य तिलबहादुर थापा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले नेपाल रेडक्रस सोसाइटीमा भइरहेको रगत अभाबलाई ध्यान दिदै देवघाटमा पहिलो पटक ब्लड डोनेशन कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गनुभयो।
संस्थाका अध्यक्ष विष्णुहरी सामपकोटाले जेसीजले रक्तदान लगायतका ,व्यतिगत,व्यवसायिक र सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

 

रक्तदान कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता, देवघाटधाम जेसीजका मानर्थ सदस्य वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर कुंवर, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 


JCI News Archive