होलि मिनन कार्यक्रम,मैत्रीपुर्ण फुटबल तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

2022-03-18

  २०७८ चैत्र ३ बिहिवार को दिन शुक्लागण्डकी जेसिज बर्ष २०२२ ले आयोजना गरेको होलि मिनन कार्यक्रम,मैत्रीपुर्ण फुटबल तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम शुक्ला गण्डकी जेसिज बर्ष-२०२२ का अध्यक्ष जेसि शिव बहादुर बिक ज्यु को अध्यक्षतामा शुक्ला गण्डकी जेसिज बर्ष २०२२ का उपाध्यक्ष जेसि सरोज गौतम को संयोजकत्वमा नेपाल पुलिस स्कुल शु न पा ५ मा सम्पन्न भएक‍ो थियो ।कार्यक्रममा प्रमुख अतिथि नेपाल पुलिस स्कुल का प्रमुख बिनोद सुवेदी रहनु भएको थियोे । आस्थापाठ जेसि शिव रेग्मी बाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसि सरोज गौतम ले व्यक्त गर्नु भयको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य कार्यक्रमका प्रमुख अतिथि बिनोद सुवेदी ,नेपाल जेसिज बर्ष २०२२ राष्ट्रिय उपाध्यक्ष जेसि कृष्ण श्रेष्ठ , २०१५ का अध्यक्ष जेसि युबराज भट्टराई, नेपाल पुलिस स्कुल का प्रधान्ध्यापक पुस्प राय क्षत्री ,राजन सिग्देल ज्यु ले राख्नु भयो भने कार्यक्रम संचालन बर्ष २०२२ का महासचिव जेसि ईश्वर कुमार श्रेष्ठ ले गर्नु भएको थियोे ।तेस्तै गरि म त हजुर गाउले लोक गीत २०७८ बाट उत्कृष्ट अवार्ड पाउन सफल जेसि शंकर पन्त ज्यु लाई तथा नेपाल जेसिज बर्ष २०२२ को लागि national fund Raising Committee Member मा मनोनीत पुर्ब अध्यक्ष जेसि मनिष श्रेष्ठ ज्यु लाई पनि सम्मान गरिएको थियो। अत्यन्तै उल्लासमय बाताबरणमा होलि कार्यक्रम सम्पन्न भएको थियोे ।

JCI News Archive

Whoops, looks like something went wrong.