तेस्रो बोर्ड बैठक ।

2022-04-06

मिति २०७८ चैत्र ०२ गते बुधबार तद्अनुसार मार्च १६, २०२२ का दिन लेखनाथ जेसीज वर्ष २०२२ को तेस्रोे कार्यसमितिको बैठक पोखरा–२९ तालचोक , देउरालिस्वारा स्थित लेखनाथ जेसीजको सचिवालयको सभाहलमा लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्यूको अध्यक्षतामा लेखनाथ जेसीज वर्ष २०२२ का पदाधिकारीज्यूहरुको उपस्थितीमा सम्पन्न भएको छ । उक्त तेस्रोे बोर्ड बैठकमा लेखनाथ जेसीज बर्ष २०२२ को दोस्रो कार्यसमिति बैठकको माइन्युट अनुमोदन गरियो। पोखरा जेसीज र लेखनाथ जेसीजले सयुक्त रुपमा होली मिलन कार्यक्रमको आयोजना गर्ने निर्णयलाई सर्बसम्मत रुपमा पारित गरियो ।लेखनाथ जेसीजले पोखरा–२७, तालचोक डाडाको नाकका लेखनाथ उद्योग वाणिज्य संघसँग सहकार्य गरी लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सव–२०७८ स्थलमा लेखनाथ जेसीजले जेसीज नाइट– २०७८ आयोजना गर्ने बैठकमा उपस्थित पूर्व अध्यक्ष, कार्यसमिति सद्यस्यहरुवाट निर्णय गरीयो ।साथै जेसीज नाइट–२०७८सफलता पूर्व सम्पन्न गर्ने गरी कार्यक्रमको संयोजक पूर्व अध्यक्ष जेसी रोशन अधिकारीलाई नियुक्ती गरीयो ।

JCI News Archive

Whoops, looks like something went wrong.