JCI उर्लाबारीको Honoring World Autism Awareness Month - April कार्यक्रम र विश्व अटिजम सचेतना दिवस

2025-04-02

चैत्र २०, April 2nd, 2025


उर्लाबारीमा आज विश्व अटिजम सचेतना दिवस २०८१ का दिन विशेष कार्यक्रम सम्पन्न भयो। JCI उर्लाबारी ले April महिनालाई World Autism Awareness Month को रुपमा सम्मान गर्दै बिभिन्न कार्यक्रम हरु गर्ने योजना रहेको र यसै कार्यतालिका अनुरूप आयोजित यस कार्यक्रममा JCI Urlabari लगायत विभिन्न संस्थाको सहभागीतामा विविध गतिविधिहरू गरिए।


JCI Urlabari का अध्यक्ष JC Tika Prasad Bhattarai (Bhaitika) ले अटिजमबारे विस्तृत जानकारी दिँदै समाजमा स्वीकार्यता र समावेशीताको आवश्यकता बारे जोड दिनुभयो।


कार्यक्रमका संयोजक Milan Pokhrel ले अप्रिल महिनाभरि बिभिन्न माध्यमहरुबाट सचेतनामूलक कार्यक्रमहरू गरिने जानकारी गराउनु भयो।

आजको कार्यक्रम अन्तर्गत सडक नाटक, सांगितिक प्रस्तुति, तथा अन्त्यमा दिप प्रज्वलन गरी कार्यक्रमको समापन गरियो।


कार्यक्रममा autistic बच्चाहरु, अभिभावकहरु, सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सडक नाटकले उपस्थित सबैलाई भावुक बनायो, जसले अटिजम भएका बच्चाहरुका अभिभावकहरुको मनोवृति झल्काईएको थियो र यो बिषयले समाजमा कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरालाई उजागर गर्यो।


JCI Urlabari को World Autism Awareness Month को कार्यतालिका अनुसार आयोजना गरिएको यो कार्यक्रमले अटिजमबारे गहिरो ज्ञान र भावनात्मक सम्बन्ध स्थापित गराएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा जेसीज उर्लाबारीका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।


#AutismAwareness #Neurodiversity #JCIForInclusion #WorldAutismDay #jci #jciurlabari #jciaspac #jcileaders

JCI News Archive