रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

2021-05-18

५ जेष्ठ २०७८ । जेसीआई त्रिभुवननगरले स्वास्थ्य उपचार तथा रक्त संकलन एवं वितरणमा सहजताका लागि जिल्ला स्थित रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रका लागि स्वास्थ्य सामग्री हस्तनान्तर गरिएकाे हाे । जेसीआई त्रिभुवननगर बर्ष २०२१ काअध्यक्ष जेसी मुकेश्वर शर्माकाे टिमले सञ्चार केन्द्र मै गई  सेनिटाइजर, माक्स, ग्लाेब्स, फेस सिल्डलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै रक्तसञ्चार केन्द्र घाेराहीका प्रमुख दिलिप न्याैपानेलाई जेसीआई त्रिभुवननगरले महामारी बीच निर्वाह गरेकाे भूमिकाकाे प्रशंसा गर्दै विशेष धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । 

JCI News Archive