पालुङ जेसीजद्वारा थाहानगरलाई खाद्यान्न सहयाेग हस्तानतरण ।

2020-04-23

थाहा नगरपालिकामा काेभिड-१९ काे कारण खाद्य सङ्कट भाेग्नु परेकाे परिवारलाई वितरण गर्न पालुङ जेसीजले प्राथमिक चरणमा २० परिवारलाई पुग्ने खाद्यान्न थाहा नगरपालिकालाई हस्तानतरण गरेकाेे छ।

पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष जेसी मनाेज रायमाझीले एक कार्यक्रम बिच थाहानगरकाे प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग बहादुर गाेपालीलाई उक्त खाद्यान्न हस्तान्तरण गर्नुभयाे । कार्यक्रममा पालुङ जेसीजका निवर्तमान अध्यक्ष जेसी कुमार नेगी, पालुङ जेसीजका महासचिव नवराज लामा, उपाध्यक्षहरू निरज रायमाझी, विक्रम गाेपाली, सुजन कार्की र जेसीज इन स्कलका संयाेजक संजय गाेपाली काे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रममा अध्यक्ष रायमाझीले पालुङ जेसीजले याे विपत भइ थाहानगरपालिकालाई स्वयम् सेवककाे भुमिकामा सहयाेग गर्ने पर्तिवद्धता व्यक्त गर्नु भयाे भने नगर प्रमुखले जेसीजलाई याे सहयाेगकाे निम्ति धन्यवाद व्यक्त गर्नुभयाे ।


JCI News Archive