वालिङ जेसीजले आफ्नो एक्काइसौं दिवस मनायो

2024-08-29

वालिङ जेसीजले स्थापनाको एक्काइसौँ वर्ष मनाएको छ। सन् २००३ मा आफ्नो गतिविधि सुरू गरी २००४ मा नेपाल जेसीजबाट   Affiliation  प्राप्त वालिङ जेसीजले यही भदौ १२ गते आफ्नो स्थापनाको २१औ स्थापना दिवस वृहत् जेसीज अन्तरक्रिया कार्यक्रम  गरी मनाएको छ। सो कार्यक्रमकाे अध्यक्षता वालिङ जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी यज्ञ पुरुष रिजालज्युले गर्नुभएको थियो भने प्रमुख अतिथि  संस्थापक अध्यक्ष जेसी लक्ष्मीप्रसाद रेग्मी रहनुभएको थियो । निवर्तमान अध्यक्ष जेसी मणिप्रसाद अर्यालको स्वागतसँगै सुरु भएको सो कार्यक्रममा कार्यक्रम संयाेजक जेसी करुणा काफ्लेले जेसीज आस्थापाठ र वर्ष २०२४ का कोषाध्यक्ष जेसी उत्तम कोइरालाले जेसीज  मिसन र भिजन वाचन गर्नुभएको थियो। कार्यक्रममा वालिङ जेसीज वर्ष २००८ का अध्यक्ष जेसी भीमप्रसाद पंगेनी वालिङ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना सहित मायाको चिनो प्रदान गरिएको थियो। यसै बिच पूर्व अध्यक्ष जेसी हाेमकान्त गाैतमकाे संयाेजकत्वमा JCI Waling - Alumni Club गठन गरिएको छ। त्यसैगरी विधान संशोधन समिति संयाेजकमा पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी अमृत अर्याल रहनुभएकाे छ।जेसीजकाेे विगत र वर्तमान समसामयिक विषयवस्तुका बारेमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको कार्यक्रममा जेसी दिपक लम्साल , जेसी  देव बाेगटी, जेसी इन्द्र प्रसाद भुषाल, जेसी याम प्रसाद अधिकारी , जेसी ध्रुव पंगेनी , शिखर इन्स्योरेन्स वालिङका प्रमुख शंकर सुवेदी , भीरकाेट जेसीजका अध्यक्ष जेसी भरत खड्का लगायत पूर्व अध्यक्षहरूको बाक्लो उपस्थिति रहेको थियो। सफलताको लागि एकता प्रकरणमा वर्ष २०२४ अगाडि बढिरहेको वालिङ जेसीजले कार्यक्रममा केक काटेर स्थापना दिवस भव्य मनाएको थियो । संघसंस्था हरूसँग सहकार्य समन्वय गरि थप प्रभावकारी काम गर्नुपर्नेमा जाेड दिएको थियो । वालिङ जेसीज र भिरकाेट जेसीजका बोर्ड सदस्यहरू लगायत ठूलो सङ्ख्यामा उपस्थितिले कार्यक्रममा विशेष राैनकता छाएको थियो। सो कार्यक्रमको संयोजन जेसी करुणा काफ्लेले र कार्यक्रमकाे  सञ्चालन वर्ष २०२४ का महासचिव जेसी विदुर कोइरालाले गर्नुभएको थियो।


JCI News Archive