वीरेन्द्रनगर जेसिज बर्ष २०२० को बोर्डले वर्ष २०२१ को बोर्डलाई पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता जेसिज वर्ष २०२० काअध्यक्ष जेसी शिवराज घिमिरेज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल ज्यू रहनुभएको थियो । त्यस्तै विशेष अतिथिको रुपमा नेपाल जेसिज वर्ष २०२१ कानूनी सल्लाहकार जेसी गोकुल सापकोटा, नेपाल जेसिज वर्ष २०२१ का. उपाध्यक्ष जेसी सृजन बडुवाल, नेपाल जेसिज वर्ष २०२१ का थेम डाइरेक्टर जेसी कृष्ण विष्ट, त्यसैगरी वीरेन्द्रनगर जेसिजकापूर्व अध्यक्षज्यूहरु जेसी, सम्भु पन्त, (१९८०) जेसी बसन्तथापा (१९८३) अनिल ब. शाही (पूर्व राष्ट्रिय उपाध्यक्ष), जेसी सागर भुसाल (२००३) जेसी नन्द बि.सी. (२००४) हरु विशेषअतिथिको रुपमा रहनुभएको थियो । त्यसैगरी वीरेन्द्रनगर जेसिका पुर्व अध्यक्षज्यूहरु जेसी सरस्वती वस्नेत (२०११), जेसीभद्र भण्डारी (२०१२), जेसी विमलपोख्रेल (२०१३), जेसी उपेन्द्र सुवेदी (२०१४), जेसी निशा सुवेदी (२०१५) जेसी भिम खत्री (२०१६), जेसी हरेन्द्र के.सी. (२०१७), जेसी वितिहोत्र बशिष्ठ (२०१८), जेसी श्याम कुमार थापा(२०१९), सुर्खेत महिला जेसिजवर्ष २०२१ काअध्यक्ष जेसी लक्ष्मीगुरुङ्ग लगायत सुर्खेत महिला जेसीजका पुर्व अध्यक्षज्यूहरु एवंम विभिन्न शाखा का पदाधिकारी, वीरेन्द्रनगर जेसिज का पदाधिकारी ,जुनियर जेसिज का पदाधिकारी लागायत को उपस्थिति जेसिज वर्ष २०२० का बोर्डका पदाधिकारी र सदस्यहरुलाई विभिन्न अवार्ड प्रदान गरि वीरेन्द्रनगर जेसीज को पद हस्तान्तरण तथा पुरुस्कार बितरण कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा वर्ष २०२१ का लागि वीरेन्द्रननगर जेसीजका नवनिर्वाचितअध्यक्ष, जेसी कलम प्रसाद लामिछानेज्यूले वीरेन्द्रनगर जेसिजलाई उत्कृष्ट शाखाको रुपमाचिनाउनको लागि हरतवरले आफनो वोर्डलाई गतिशिल राख्ने र यसै वर्ष वीरेन्द्रनगर जेसिजको आथिथ्यतामा हुन गईरहेको क्षेत्र“घ” सम्मेलनलाई उत्कृष्ट क्षेत्रिय सम्मेलन बनाउनेमा जोड दिने बताउनु भएको थियो ।