शारदानगर जेसिज सप्ताह २०२५ अन्तर्गत सातौ दिन समापन समारोह एवम जेसिआई कार्य रुपरेखा र कर्पोरेट

2025-05-19

         मिति २०८२/१/२०तदनुसार 3May 2025शनिबारको दिन शारदानगर  जेसिज द्वारा आयोजित जेसिज सप्ताह २०२५ को सातौ  कार्यक्रम" समापन समारोह एवम जेसिआई रुपरेखा दिशानिर्देश र कर्पोरेट सम्बन्धि तालिम आशिर्वाद ब्याग्क्युट भरतपुर ४मा  शाखा  अध्यक्ष जेसि लक्ष्मी के.सि खड्का ज्युको अध्यक्षता एवम प्रमुख अतिथि माडि जेसिजका पुर्व अध्यक्ष एवम नेपाल जेसिज वर्ष २०२५का रास्ट्रिय उपाध्यक्ष एवम शारदानगर जेसिजका लागि निरुपित रास्ट्रिय उपाध्यक्ष जेसि सुवास गौतम  ज्युको प्रमुख आतिथ्यता एवम विशिस्ट अतिथि शारदानगर जेसिजका धरोहर वर्ष २००७का शाखा अध्यक्ष एवम नेपाल जेसिज वर्ष २००८का रास्ट्रिय उपाध्यक्ष तथा बोर्ड अफ टसटिजका अध्यक्ष श्री हरिराज अर्याल ज्यु र आशिर्वाद आशीर्वाद ब्यान्क्युट रेस्टुरेन्ट बारका COO समाजसेवी आदरणीय  ब्याक्तित्व कमल MK Subedi ज्युको विशेष आतिथ्यता रहेको थियो ।अतिथिज्यु प्रमुख प्रशिक्षक देवघाट जेसिजका सस्थापक अध्यक्ष जेसि विकास सापकोटा ज्यु,  छिमेकी शाखा आदरणीय समकालीन अध्यक्षज्युहरु शारदानगर जेसिजका धरोहर आदरणीय पुर्व अध्यक्ष ज्युहरु ,निबर्तमान अध्यक्ष जेसि भुवन सापकोटा ज्यु ,बोर्डका पदाधिकारी ज्युहरु र सदस्य ज्यु हरुको  उपस्थितिमा जेसिज सप्ताह २०२५को समापन समारोह  कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।उक्त कार्यक्रम मुल  संयोजक कार्यकारीणि उपाध्यक्ष  जेसि दिपेश आचार्य ज्युले गर्नुभएको थियो भने कानुनी सल्लाहकार जेसि रमेश घिमिरे  ज्युले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

JCI News Archive