१३३ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसर पारेर जेसीज गाउँका १५ जना मजदुर महिलालाई मजदुरी गर्न जाँदा मिल्ने लत्ताकपडा प्रदान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा प्रदेश साँसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लत्ताकपडा प्रदान गरिएको थियो ।
शुभ दिन शुभ कार्य अन्तर्गत वीरता लेडी जेसीजका सदस्यहरु रेनुका महतो, कन्चन अधिकारी र छविका दाहालले लत्ताकपडा वितरणमा सहयोग गरेका थिए ।
वीरता लेडी जेसीजकी कानूनी सल्लाहकार हिमा पौड्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।