तरहरा जेसिजको साखा पदाधिकारी तालिम सम्पन्न

2019-02-23

तरहरा जेसिजको आयोजनामा मिति २०७५/११/११ गते साखा पदाधिकारी तालिम सम्पन्न भएको छ। तरहरा जेसिजका पुर्व अध्यक्ष एवम् नेपाल जेसिजको पुर्व उपाध्यक्ष जेसि भोलाकाजी बस्नेत ज्युको प्रमुख प्रशिक्षकत्वमा सप्पन्न भएको उक्त तालिममा तरहरा जेसिजका पुर्व अध्यक्ष जेसिआइ सिनेटर कृष्ण प्रसाद भट्टराई र पुर्व अध्यक्ष एवं नेपाल जेसिज पुर्व उपाध्यक्ष जेसि भिम गिरी ज्यु ले सहजीकरण गर्नु भएको थियो। कुल १५००० जति खर्चमा सम्पन्न भएको उक्त तालीममा प्र. धनकुटा लेडी जेसिजबाट ४ सहित जम्मा ४५ जनाको सहभागिता भएको थियो।

JCI News Archive