बाह्रदशी जेसीजको तिज बिशेष !

2022-08-28

मिति २०७९/०५/११!बाह्रदशी जेसीजको तिज!!
बाह्रदशी । बाह्रदशी जेसीज ले तिज विशेष कार्यक्रम भव्यताका साथ मनायो । महिला दिदिबहिनी तथा शुभचिन्तक हरुलाइ मनोरञ्जनात्मक कार्यक्रम का साथमा दर खुवाउने कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा महिला दिदिबहिनी हरुले सांगेतिक माहोलमा भिज्दै तिज मनाउनु भयो । बाह्रदशी जेसीज २०२२ कि उपाध्यक्ष जेसी सदिच्छा खड्का ज्यूको संयोजकत्व रहेको कार्यक्रम का सभापति २०२२ का अध्यक्ष जेसी पुष्पलाल धमला हुनुहुन्थ्यो ।

बाह्रदशी गा.पा का उपाध्यक्ष शान्ता देवी खरेल ज्यू प्रमुख अतिथि हुनुभएको तिज विशेष कार्यक्रममा शिक्षिका तारा उप्रेती, स्वयम् सेविका योगमाया गौतम, सीता धमला, हर्कमाया धमला, समाजसेवी ओम प्रकाश गौतम, कृष्णमोहन गौतम लगाएत विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो ।

राष्टिय गान वाट सुरु भएको कार्यक्रममा जेसीज आस्था वाचन जेसि आयुश्मा प्रसाईं ले गर्नुभयो । २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी लक्ष्मीप्रसाद उप्रेती ले स्वागत तथा कार्यक्रम को औचित्य माथि प्रकाश पार्नु भयो । तारा उप्रेती, ओम प्रकाश गौतम र प्रमुख अतिथि शान्ता देवि खरेल ज्यूहरुले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रमलाई २०२० का महासचिव तथा २०२२ का कानुनी सल्लाहकार जेसी तिर्थ काफ्ले ज्यूले संचालन गर्नुभयो ।

कार्यक्रममा Vote of Thanks जेसी सदिच्छा खड्काले दिनुभयो । तीज विशेष कार्यक्रममा जेसीज का महिला दिदिबहिनीहरु र नन जेसीज महिला दिदिबहिनीहरुले नाचगान प्रस्तुत गर्नुभयो । कार्यक्रममा MUSICAL CHAIR पनि खेलाईएको थियो र प्रथम, दितिय र तृतीय हुनुहुनेलाई पुरस्कार बितरण गरिएको उक्त कार्यक्रम लाई २०२२ का अध्यक्ष जेसी पुष्पलाल धमला ज्यले समापन गर्नुभयो ।

JCI News Archive