शारदानगर जेसिजको सप्ताहब्यापी छैटौं दिन समुदायमा मनका कुरा कार्यक्रम सम्पन्न

2025-05-19

         मिति २०८२/१/१९तदानुसार 2May 2025शुक्रबारको दिन शारदानगर  जेसिज द्वारा आयोजित जेसिज सप्ताह २०२५ को छैटौं कार्यक्रम" समुदायमा मनका कुरा  कार्यक्रम "अध्यक्ष जेसि लक्ष्मी के.सि ज्युको अध्यक्षतामा र  प्रमुख अतिथि धारापानी टोल विकास सस्थाका आदरणीय समाजसेवी ब्याक्तित्व श्री कमलनयन कंडेल  ज्युको प्रमुख आतिथ्यता एवम विशिस्ट अतिथी  श्रमिक नेपालका अध्यक्ष  साथै बाग्मति प्रदेश सामाजिक बिकास मन्त्रालयबाट   तालिमको  प्रशिक्षर्थी  प्रमुख प्रशिक्षक  सावित्री  पौडेल ज्युहरु र श्रमिक नेपालका सचीव , साथै बाग्मति प्रदेश सामाजिक बिकास मन्त्रालयबाट  मनोपरामर्श  तालिमको  प्रशिक्षर्थी सह प्रशिक्षक  राधा दवाडी ज्यु र ह्युमन नेपालका चितवन कोडिनेटर साथै मन चितवन सस्थाका अध्यक्ष नैना गुरुङ्ग ज्युको विशेष  आतिथ्यता रहेको थियो ।  धारापानी महिला समुहका अध्यक्ष ज्यु ,शान्ति दिदी बहिनी महिला समुहका अध्यक्ष ज्यु ,विभिन्न महिला समुहका आमा दिदीबहिनीहरु रबोर्डका पदाधिकारी ज्युहरु र सदस्य ज्यु हरुको  उपस्थितिमा समुदायमा मनका कुरा कसरी प्रस्तुत गर्न भनेर तालिम बाट सहज तरिकाले प्रशिक्षकले बुझाउनु भएको थियो र कार्यक्रम  भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।उक्त कार्यक्रम संयोजक निर्देशक जेसि सुभद्रा अधिकारी खत्री  ज्युले गर्नुभएको थियो भने जेसि अन्जली बरुवाल ज्युले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

JCI News Archive