भद्रपुर जेसीजको अध्यक्षमा खिलनाथ पाण्डे(निकास) निर्विरोध

2021-02-04

सन् २०२१ का लागि भद्रपुर जेसीजको अध्यक्षमा खिलनाथ पाण्डे 'निकाश' निर्विरोध चयन भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुरका सचिव समेत रहेका पाण्डे सामाजिक अभियानका लागि भद्रपुर जेसीजको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

विभिन्न सामाजिक संघ संस्थामा आबद्ध पाण्डेले भद्रपुरको समृद्धिका लागि युवा शक्तिको सोच परिचालन अपरिहार्य रहेको धारणा राख्दै समाज सेवामा भद्रपुर जेसीजलाई कृयाशील रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी भद्रपुर जेसीजको २ कार्यकारी उपाध्यक्षका लागि रमेश कार्की, युवराज ढकाल, आरिफ अली र रमेश लुइटेलले प्रतिष्पर्धामा उत्रिएका छन् भने ४ उपाध्यक्षका लागि ५ जना मैदानमा रहेको निर्वाचन समिति का अभिषेक ढुङगानाले जानकारी दिएका छन


JCI News Archive