देवचुली जेसीजको माक्स वितरण कार्यक्रम

2021-08-19


देवचुली जेसीज/नवलपुरb]

सकारात्मक परिवर्तनको लागि नेतृत्व गर्दै आइरहेको देवचुली जेसीजले कोभिड-१९ न्यूनीकरण र सचेतनाका लागि देवचुली नगरपालिकाको दलदलेमा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । २०७८ भदौ ३ गते बिहिबार देवचुली जेसीजको आयोजना, १०३.८ ह्याप्पी एफ.एम.र दलदले बजार व्यवस्थापन समितिको सह-आयोजनामा ब्यानर सहित भाग्यपुरि चोक देखि दलदले बजार सम्म परिक्रम गरि मास्क वितरण गरेको छ।
कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिरहेकाले हरेक जनमानसले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको थियो । आफै सचेत नभए सम्म कोरोनाबाट बच्न नसकिने, स्वास्थ्य रहन एउटा सन्देश दिनका लागि प्रतिनिधी मुलक कार्य माक्स वितरण गरिएको हो, अध्यक्ष जेसी निलकण्ठ पोखरेलले बताउनुभएको थियो ।
उक्त कार्यक्रममा दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपानेले बजारमा अधिकांस मानिसहरु मास्क विना हिडिरहेकाले तिनै व्यक्तिहरुबाट संक्रमण फैलिने बताउँदै देवचुली जेसीजको सहकार्यमा मास्क वितरण कार्यक्रम संचालन गरिएको बताउनुभएको थियो । सबैमा सचेतनाको आवश्यकता रहेको बताउँदै यस कार्यक्रमले जनमानसमा राम्रो सन्देश दिने बताउनुभएको थियो ।
कार्यक्रममा औधोगिक सुरक्षा बल दलदलेका सुरक्षाकर्मीहरुको उपस्थितीमा गरिएको थियो । कार्यक्रम बिहान १० बजे देखि ११ बजे सम्म गरिएको थियो । कार्यक्रममा देवचुली जेसीजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


JCI News Archive