त्रिभुवननगर जेसीजको आयोजनामा घोराही दाङ स्थानीय सरकारमा महिला सहभागिताः कानुनी व्यवस्था तथा व्यवहारिक चुनौतिहरु विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । त्रिभुवननगर जेसीजका अध्यक्ष जेसी टंक रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय लोका कुमारी वि.क रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा जिल्ला समन्वय समितिका उप–संयोजक चेतना चौधरी रहनुभएको थियो । कार्यशाला गोष्ठीमा घोराही उप–महानगरपालिकाका नगर उप–प्रमुख हुमा कुमारी डिसी, लमही नगरपालिकाका उप–प्रमुख लक्ष्मी योगी, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जि.सी., शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीको सहभागिता रहेको थियो । गोष्ठीमा अधिकारकर्मी शुष्मा लामिछानेले प्रस्तुत गर्नुभएको कार्यपत्र उपर महिला अधिकारकर्मी विमला योगी, पत्रकार रञ्जिता अधिकारी, अधिवक्ता विनु श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, निवर्तमान अध्यक्ष जुनकुमारी बुढा, त्रिभुवननगर जेसीजका पूर्वअध्यक्षहरु निशान्त आचार्य, दीपक शर्मा, विवेक आचार्य, समाज कल्याण केन्द्र नेपाल, पत्रकारहरु आरके शितल, गोविन्द खड्का, तुलसीपुर नगर जेसीजका निवर्तमान अध्यक्ष पूर्ण बहादुर डाँगी, पूर्व अध्यक्षहरु झरेन्द्र खरेल, सूर्यप्रसाद शर्मा लगायतका सहभागिता रहेको थियो । त्रिभुवननगर जेसीजका सचिव विवेक देवकोटाले आस्थापाठ गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्यामकुमार गिरीले व्यक्त गर्नुभएको थियो । गोष्ठीको सहजीकरण महासचिव जेसी कृष्णदेव थापाले गर्नुभएको थियो । गोष्ठीमा उपस्थित पालिका उपाध्यक्षहरुले आफूहरुले कार्य गर्दै गर्दा परेका समस्या, अवसर र चुनौतिहरुको बारेमा बोल्नु भएको थियो भने प्रमुख अतिथिले सबैले मिलेर काम गर्न र महिला अधिकारका लागि विशेष पहल गर्न आह्वान गर्नुभएको थियो ।