जेसीज सप्ताह कार्यक्रम को उद्घाटन

2019-04-21

दाङ महिला जेसीज को सप्ताह कार्यक्रम को सुरुवात आज मिति २०७६-१-८ गते देखि भई २०७६-१-१४ गते अन्तिम समापन हुने छ।

            दाङ महिला जेसीज का अध्यक्ष जेसी रेखा शर्मा ज्यु को अध्यक्षता मा घोराही उपमहानगरपालिका का मेयर नरुलाल चौधरी ज्यु को प्रमुख आतिथ्यता मा सम्पन्न उद्घाटन तथा सुभकामना कार्यक्रम को संयोजक दाङ महिला जेसीज का उपाध्यक्ष जेसी सुनीता अधिकारी रहनु भएको थियो।   बिशिष्ट अतिथिहरु मा नेपाल महिला सामुदायिक सेवा केन्द्र का संस्थापक अध्यक्ष बिमला योगी ज्यु र ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी रहनु भएको थियो। जेसीज को आस्थापाठ उपाध्यक्ष जेसी बसन्ती सुबेदी ले गर्नु भएको थियो। सप्ताह कार्यक्रम को बारेमा मूल संयोजक एबम कार्यकारिणी उपाध्यक्ष जेसी जिबा भुसाल ज्यु ले जानकारी गराउनु भएको थियो। धन्यवाद मन्तब्य उपाध्यक्ष जेसी जून कुमारी बुढा ज्यु ले गर्नु भएको थियो। कार्यक्रम को सहजिकरण महासचिब जेसी अनीता ढकाल ले गर्नु भएको थियो। उक्त कार्यक्रम मा ७० जना को उपस्थिति रहेको थियो।

JCI News Archive

Whoops, looks like something went wrong.