गीतानगर जेसीजले आज अरुणोदय माध्यमिक बिधालय भरतपुर,६ गीतानगरमा डाटा एन्लाइसिस फन्डामेन्टल तालिम सम्पन्न गरेको छ।
गीतानगर जेसीज बर्ष २०२१का कोषाध्यक्ष जेसी विशाल कोइरालाको संयोजकत्वमा भएको कार्यक्रममा बिधालयका प्रधानध्यापक रत्नप्रसाद सापकोटाको प्रमुख अतिथी रहनुभएको भएको सो तालिम गीतानगर जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी अर्जुन पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले बिधालयमा गीतानगर जेसीजले ल्याएको तालिम सरहानिय भएको भन्दै यस्तै राम्रा तालिम र फरक कार्यक्रमहरु अब समुदायमा ल्याउनु पर्नेमा जोड दिनुभएको छ।
उक्त तालिममा गीतानगर जेसीजका पुर्व अध्यक्ष जेसी गोविन्द आचार्य प्रमुख प्रशिक्षक रूपमा रहनुभएको थियो।उक्त तालिममा सबै तहका बिद्यार्थीहरु गरि ६०जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।