फुट्सल प्रतियोगितामा दमक जेसीज सतासीधाम जेसीज गौरादह जेसीज र अयोजक कमलनगर जेसीज सहित चार टिमको सहभागिता रहेको थियो । पहिलो खेलमा दमक जेसिज ले कमनगर जेसीज लाई १ विरुद्ध ३ गोल ले पराजित गर्दै फाइनल मा प्रवेश गरेको थियो भने दोस्रो खेल मा सतासीधाम जेसीज ले गौरादह जेसीज लाई ३ का विरुद्ध ५ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेकोको थियो ।
फाइनल खेलमा सतासीधाम जेसीजले दमक जेसीजलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै बिजेता भएको छ भने उपबिजेता दमक जेसिज भएको छ । बिजयी टिमलाई कप, मेडल, प्रमाणपत्र प्रमुख अथिती नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर प्रकाश प्रसाद अधिकारि, विशिष्ट अथिती द्वोय गौरादह नगरपालिकाकी उपमेयर जल बर्षा राजवसी र कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने विशेष अथिती नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष जेसी कुमार सि सावाबाट शुभकामना मन्तव्य सहित पुरस्कर वितरण गरिएको थियोे ।
कार्यक्रममा कविता ब्याग उद्योगका सञ्चालक कविता घिमिरे, चार वटै शाखाका निवर्तमान अध्यक्ष र पुर्व अध्यक्षको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घोषणमा महासचिव जेसि भिम अधिकारी, कार्यक्रम सयोजकमा जेसी रोशन अधिकारिको संयोजन र कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष जेसि नारायण बस्नेतको सभपतित्वमा सम्पन्न भएको थिए ।