Jaycess week press meet

2024-08-22

पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम आयोजना गरेको छ । यस वर्ष ‘लैङ्गिक समानता, समावेशी, स्वस्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।


जेठ १७ देखि सुरु भएर २३ गते समापन हुने कार्यक्रममा अभिमुखीकरण तथा सचेतनादेखि वृक्षरोपण तथा डष्टविन वितरणसम्मको कार्यक्रम समेटिएका छन् ।


संस्थाकी अध्यक्ष गायत्री फुयाँलका अनुसार सबै कार्यक्रमको तयारी तीव्र बनाइएको छ र छुट्टाछुट्टै संयोजक तोकेर जिम्मेवारी दिइएको छ ।


जेठ १७ गते बिहीबारका दिन बिहान ११ बजे कार्यक्रम उद्घाटन हुनेछ । सोही दिन शिक्षा क्षेत्र र महिला समूह लक्षित अभिभावक अभिमुखीकरण र सचेतना कार्यक्रम हुनेछ ।

पोखरा उद्योग वाणिज्य संघका सभाहलमा हुने कार्यक्रम समुद्घाटन हुने र अभिभावक अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक दीव्यलक्ष्मी चालिसेले जानकारी दिइन् । यस कार्यक्रमका लागि सरु पनेरुलाई पनि संयाजकको जिम्मेवारी दिइएको छ ।


उद्घाटन कै दिन सुरु हुने दन्त शिविर १८ गते शुक्रबार समापन हुनेछ । नेलम्बो नेपालसँगको सहकार्यमा हुने शिविर पोखरा महानगरपालिका वडा नं. ९ स्थित नवप्रभात माविमा सञ्चालन हुनेछ । विद्यार्थी लक्षित शिविरका लागि रेजिना कटुवाललाई संयोजक तोकिएको छ ।


यसैगरी जेठ १९ गते शनिबार महिला तथा बालबालिकाका लागि सामाजिक नैतिकता, साइबर अपराध र कानूनी प्रक्रियाका बारेमा प्रशिक्षण दिइनेछ । पोखरा-१४ को वडा कार्यालयमा हुनेछ । यस कार्यक्रमका लागि करुणा पाण्डेले संयोजकको जिम्मेवारी पाएकी छन् ।


कार्यक्रमअन्तर्गत २० गते पोखरा-३० ढुंगेपाटनमा संघसंस्था, महिला समूहका अध्यक्ष र सचिव लक्षित आत्म प्रशिक्षण परिचय कार्यक्रम हुने कार्यक्रम संयोजक इन्दिरा तिमिल्सिनाले जानकारी दिइन् ।


जेठ २१ र २२ गते उद्यमी महिला लक्षित उद्यमशीलता सौन्दर्य तालिम हुनेछ । तालिम पोखरा ९ स्थित गुरुङ व्युटी पार्लरमा हुने कार्यक्रम संयोजक रचना अधिकारीले जानकारी दिइन् ।


जेठ २२ गते नै खेलाडी लक्षित आहार योजना प्रशिक्षण गाउँघर क्याफेमा दिउँसो १ बजे सुरु हुने संयोजक सगुन पौडेलले जानकारी दिइन् ।


जेठ २३ गते बुधबारका दिन बिहान ८ बजे वातावरण सरक्षणका लागि नदीपुरस्थित शान्ति मिजार समाजमा वृक्षरोपण तथा डष्टविन वितरण हुने कार्यक्रम संयोजक सिर्जना आले (इशा) ले जानकारी दिइन् ।


सोही दिन साँझ ५ बजे समापन कार्यक्रम आयोजना गरिएको संयोजक सकुन पौडेलले जानकारी दिइन् ।


युवाहरुको जोस र जागरलाई समेटी सन् १९८९ मा १८ देखि ४० वर्षभित्रका क्रियाशील र कर्मठ युवा नारीहरुको सशक्त शाखाको रुपमा स्थापित पोखरा लेडी जेसीज नेपाल जेसीजको एक सशक्त शाखाको रुपमा परिचित रहेको संस्थाकी सचिव नन्दकुमारी ढुंगानाले जानकारी दिइन् ।


जेसीजले सदस्यको व्यक्तित्व तथा नेतृत्व विकासमा विशेष ध्यान दिँदै आइरहेको छ । जेसीज सप्ताहलाई महत्वपूर्ण कार्यक्रमका रुपमा लिने गरिन्छ ।

JCI News Archive