म्याग्दी बहुमुखि क्याम्पस मा आँखा जाँच कार्यक्रम सम्पन्न

2024-04-08

 

मिति २०८० चैत्र २५ गते

         बिश्व स्वास्थ्य दिवस को अवशर मा नेत्र ज्योति संघ म्याग्दि,म्याग्दि बहुमुखी क्याम्पस,स्वास्थ्य कार्यालय म्याग्दि र म्याग्दि जेसिज को संयुक्त आयोजना र  नेत्र ज्योति संघ म्याग्दि अन्तरगत को आँखा उपचार केन्द्र बेनि म्याग्दि को प्राविधिक सहयोग मा म्याग्दि बहुमुखी क्याम्पस बेनि मा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरिएको छ

     आँखा जाँच मा नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दि का प्रमुख नेत्र अधिकृत तथा म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेस बानियाँ र हिमालय आँखा अस्पताल पोखरा कि नेत्र सहायक सोनि गुरुङ द्वय ले प्राबिधिक को रुप मा भुमिका खेलेका थिए|

आँखा जाँच कार्यक्रम मा २६३ जना को आँखा परिक्षण गरिएको र २८ जना मा दृष्टि दोष को समस्या पहिचान भएको र उक्त दृस्टि दोष का बिद्यार्थि हरु लाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दि र म्याग्दि जेसिज द्वारा नि:शुल्क चस्मा उपलब्ध गराईने नि:शुल्क आँखा जाँच कार्यक्रम का संयोजक तथा म्याग्दि जेसिज का साधारण सदस्य जेसि सुर्य गौतम ले बताए|

कार्यक्रम मा स्वास्थ्य कार्यालय म्याग्दि द्वारा आँखा स्वास्थ्य सम्बन्ध मा प्रस्तुतीकरण समेत गरिएको थियो|

JCI News Archive