देवघाटधाम जेसीजद्वारा रेबिज नियन्त्रण कार्यक्रम

2025-10-13

देवघाट, आश्विन २६ — देवघाटधाम जेसीजको आयोजनामा देवघाट गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा रेबिज नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।


उक्त कार्यक्रममा देवघाटधाम जेसीजका उपाध्यक्ष डा. सम्राट अधिकारीले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले रेबिज रोगको कारण, संक्रमणका माध्यम, लक्षण, रोकथामका उपाय र उपचारका विधिबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी दिनुभयो।


कार्यक्रममा देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकाल, देवघाट गाउँपालिका–४ का वडा सचिव कुमार लम्साल, विद्यालयकी प्रधानाध्यापक विना पौडेल लगायत शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।


सचेतना कार्यक्रमले विद्यार्थीहरूमा रेबिज रोगप्रति सचेतना अभिवृद्धि गर्न र विद्यालयस्तरमै स्वास्थ्य सचेतनाको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ।


JCI News Archive