दमक जेसीजको आयोजनामा लैड्॰गिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत ‘सबै महिला तथा वालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गर्न एकजुट बनौं ‘ बिषयक जनचेतना मूलक तालिम कार्यक्रम सम्पन्न

2025-12-08

 २०८२ साल मंसीर २१ गते आईतबारका दिन दमक जेसीजको आयोजना तथा ईलाका प्रहरी कार्यालय दमकको सहकार्यमा नेपाल सरकारको लैड्॰गिक हिंसा बिरूद्धको १६ दिने अभियान 25 Nov-Dec 10 अन्तर्गत  ‘UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS ’ अर्थात ‘सबै महिला तथा वालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गर्न एकजुट बनौं ‘ बिषयक जनचेतना मूलक तालिम कार्यक्रम दमक-९ स्थित दमक टेक्निकल एजुकेशन फाउनडेशन & श्रीयन्त्र कलेजको सभा हलमा दमक नगरपालिकाका मेयर आदरणीय राम कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि Nepal Jaycees Advisor to National President तथा दमक जेसीजका पूर्ब अध्यक्ष आदरणीय नरेन्द्र बरालज्यू, अतिथिहरू दमक टेक्निकल एजुकेशन फाउनडेशन & श्रीयन्त्र कलेजका प्रधानाध्यापक आदरणीय श्याम कुमार बिष्टज्यू र कोओर्डिनेटर आदरणीय बिशाल श्रेष्ठज्यू, सिनेटर राजकुमार भट्टराईज्यू, सिनेटर मैना दाहालज्यू  लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशिक्षक ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक आदरणीय नबिन राईज्यूले सो कलेजमा अध्ययनरत स्नातक तहका ८० जनाभन्दा बढी  बिद्यार्थीहरूलाई महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा, साईबर सेक्युरिटी लगायतका बिषयमा उत्पन्न हुने जोखिम र सावधानीहरू बिषयमा प्रशिक्षण गराउनुभएको थियो। कार्यक्रम दमक जेसीजका तालिम निर्देशक जेसी कृष्ण भट्टराईको संयोजकत्वमा भएको थियो भने उपाध्यक्ष जेसी धर्म ढुगांनाले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो । यसरी आजको तालिम कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।

       



जेसी राजेन्द्र बिमली

महासचिब,दमक जेसीज

JCI News Archive