दमक जेसीजको (PRE INDUCTION TRAINING- 2025) कार्यक्रम पर्यबेक्षक सदस्यहरूका निम्ति सम्पन्न

2025-11-30
मिति २०८२ साल असोज ११ गते शनिबारका दिन दमक जेसीजको आयोजनामा बर्ष २०२५ मा दमक जेसीजमा नव सदस्य बन्न आबेदन दिनुभएका पर्यबेक्षक सदस्यहरूका निम्ति पूर्ब अभिमुखीकरण तालिम  (PRE INDUCTION TRAINING ) कार्यक्रम दमक जेसीज सचिबालयको सभा हलमा दमक जेसीजका संस्थापक सदस्य आदरणीय पदम कोईरालाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि दमक जेसीजका पूर्ब अध्यक्ष तथा बोर्ड अफ ट्रस्टिजका अध्यक्ष आदरणीय गन्ज बहादुर दाहालज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू सिनेटर नेत्र प्रसाद चम्लगाईज्यू, जेसी कमल कट्वालज्यू, जेसी सन्जिब बरालज्यू र निबर्तमान अध्यक्ष जेसी रामचन्द्र अधिकारीज्यू साथै सिनेटर राज कुमार भट्टराईज्यू , सिनेटर मैना दाहालज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशिक्षक दमक जेसीजका पूर्ब अध्यक्ष तथा नेपाल जेसीजबाट MTOT graduated आदरणीय गोबिन्दराज कट्टेलज्यूले तालिममा सहभागी पर्यबेक्षक सदस्यहरूलाई प्रशिक्षण गराउनुभएको थियो। कार्यक्रम दमक जेसीजका तालिम निर्देशक जेसी कृष्ण भट्टराईको संयोजकत्वमा भएको थियो भने जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो । यसरी आजको तालिम कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।




जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज
JCI News Archive