मिती २०८२ साल कार्तिक १५ गते शनिबार लेखनाथ जेसीज र लेखनाथ जुनियर जेसिजको जेसिज सप्ताह २०२५ अन्तर्गत दोस्रो कार्यक्रम ट्राफिक सचेतना कार्यक्रम पोखरा -२७ स्थित तालचोकमा लेखनाथ जेसीजका अध्यक्ष जेसी कृष्ण तिवारी सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी वरिष्ठ नायक निरीक्षक राजकुमार के.सी. रहनुहुन्थ्यो। कार्यक्रममा आस्था जेसीजका जेसी सुशील ढुङ्गानाले राख्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक आकाश बरालले प्रस्तुत गर्नुभयो।
सप्ताह–२०२५ का कार्यक्रमहरू कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी मूल संयोजक जेसी रसिसहरि भण्डारीले दिनुभएको थियो। कार्यक्रमको सञ्चालन लेखनाथ जेसीज २०२५ का महासचिव जेसी सर्बेन्द्र न्यौपानेले गर्नुभएको र धन्यवाद मन्तव्य निबर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का M-TOT Coordinator जेसी प्रकाश राइभाटले राख्नुभएको थियो।
प्रमुख अतिथि **प्रहरी वरिष्ठ नायक निरीक्षक राजकुमार के.सी.**ले सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र ट्राफिक नियमको प्रभावकारी पालनाको आवश्यकताबारे महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रममार्फत चालक, यात्री तथा स्थानीयवासीलाई ट्राफिक नियमको महत्त्वबारे सचेत गराउने उद्देश्यसहित सवारी साधनहरूमा सचेतनामूलक स्टिकर टाँस्ने कार्य समेत गरिएको थियो।