‘दमक जेसीज सप्ताह ’ कार्यक्रम मंसीर १ देखि ५ गतेसम्म - पत्रकार सम्मेलन

2025-11-16

दमक जेसीजले जेसीज सप्ताहको अवसरमा स्वास्थ्य, शिक्षा, खेलकुद, संचेतना र सामाजिक उत्तरदायित्वका कार्यक्रममहरु सञ्चालन गर्ने भएको छ ।

दमक जेसीजले जेसीज सप्ताहको अवसरमा पारेर दमकमा शिक्षा, स्वास्थ्य, संचेतना र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्ने भएको हो ।

आज (शनिबार) दमक जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकराी गराएको छ । यहि मंंसिर १ गतेदेखि ५ गतेसम्म जेसीज सप्ताहको आयोजना गरिएको अध्यक्ष जेसी सहदेब भट्टराईले जानकारी दिए ।

जेसीज सप्ताहलाई सभ्य र भब्य बनाउन विषयगत उपसमितिहरु गठन गरेर जिम्मेवारी तोकिएको अध्यक्ष भट्टराईले बताए ।

दमक जेसीजका कार्यकारी उपाध्यक्ष तथा दमक उद्योग बाणिज्य संघका तीतृया उपाध्यक्ष जेसी रुवल अधिकारीको संयोजकत्वमा जेसीज सप्ताह मूल तयारी समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा जेसी अधिकारीले स्वर्गीय गणेश बहादुर भट्टराई स्मृति छात्रवृति पुरस्कार वितरण कार्यक्रम संयोजक जेसी सुमन कटुवाल, जेनजी आन्दोलन र युवाहरुको चुनौती विषयक दमक बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रमका संयोजक जेसी बिशाल अधिकारीले जिम्मेवारी पाएका छन् ।

त्यस्तैं,  मैत्रीपूर्ण फुटसल प्रतियोगिताका संयोजक जेसी सुमन पौडेल, पिउने पानी फिल्टर वितरण कार्यक्रमको संयोजक जेसी धर्म ढुंगाना, मानसिक रोगसम्बन्धि स्वास्थ्य संचेतना कार्यक्रमका संयोजक जेसी आभुषण भट्टराई, एक दिने स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जेसी सरिता आचार्यलाई तोकिएको छ ।

यता,  विद्यार्थीलाई स्टेशनरी सामाग्री बिवतरण कार्यक्रमका संयोजक जेसी कृष्ण भट्टराई र जेसीज सप्ताह समापन तथा शुभकामना आदानप्रदान कार्यक्रम संयोजक जेसी पंकज पोख्रेललाई जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

महासचिव जेसी राजेन्द्र बिमलीका दमक जेसीजले बिगतका वर्षहरुमा हुने जेसीज सप्ताह कार्यक्रमहरु जस्तै तर फरक ढंङ्गमा आयोजना गरिएको बताए । जेसीज सप्ताह कार्यक्रम सम्पन्न गर्न अनुमानित रु २ लाख खर्च लाग्ने छ ।

पत्रकार सम्मेलनमा महासचिव जेसी राजेन्द्र बिमलीले सञ्चालन गरेका थिए । सो पत्रकार सम्मेलनमा दमक जेसीजका पूर्व अध्यक्ष जेसी कमल कटुवालको सहभागिता रहेको थियो ।

महासचिव

जेसी राजेन्द्र बिमली


 







JCI News Archive